रवि लामिछानेलाई १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

कास्की ९ मङ्सिर । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश भीमलाल बेलबासेकाे इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे ।

पछिल्लोपटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।

उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।