रामेछाप जाँदै गरेकाे फोर्स गाडी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं, १४ मङ्सिर । काठमाडौंबाट रामेछाप जाँदै गरेकाे फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
रामेछापकाे गोकुलगंगा गाउँपालिका-३ सिमलडाँडामा गाडी दुर्घटना भएकाे हाे । दुर्घटना ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदिप सिंहकाअनुसार गाडी ३ सय मिटर तल खसेको छ । मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ ।
गाडीमा ८ जना सवार रहेकोमा ३ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएकाे छ ।