कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल निर्वाचित

काठमाडौं, १८ मङ्सिर । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्ण मान डंगोल विजयी भएका छन् ।

आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार कांग्रेसका कृष्ण मान डंगोल निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणामअनुसार कांग्रेसका डंगोल ५ हजार ३३४ मतसहित विजयी बनेका हुन् । त्यस्तै, माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएकाे निवार्चन आयोगले जनाएको छ ।