रानीपोखरीमा भेटियो एक पुरुषको शव, घटनाबारे अनुसन्धान गर्दै प्रहरी

काठमाडौं, २९ असोज । काठमाडौंको केन्द्रमा रहेको रानीपोखरीमा एक अपरिचित व्यक्तिको शव भेटिएको छ। घटना रातीको भए पनि शव भने आज बिहान भेटिएको उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले मैत्रिन्युजलाई जानकारी दिनुभयो । ‘अन्दाजी ३५–४० वर्षको जस्तो देखिने एक पुरुषको शव भेटिएको छ,’ उहाँले भन्नुभयो, ‘शव कसको हो भन्ने खुलेको छैन, घटनाबारे अनुसन्धान भइरहेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *