रवि लामिछानेलाई मध्यरातमा नै पुर्याइयाे पोखरा
चितवन, २० मङ्सिर । चितवनकाे साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बयान दिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयान सकेर मध्यराती पोखरा लगिएको छ ।
गए राती ८ बजे जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा लामिछानेको बयान सकिए पनि उनलाई खाना खुवाइवरी बयान प्रमाणित गरेर सरकारी वकिलको कार्यालयबाट प्रहरीमा पठाउँदा राती ९ बजेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले पनि पक्राउको आदेश पाइसकेकोले राती नै वीरगञ्ज लगिने तयारी भए पनि आइतबार हिरासतमा राख्न म्याद थप गर्नुपर्ने भएकोले लामिछानेलाई पोखरा लगिएको हो । ३ बजे लामिछानेलाई चितवनबाट प्रहरीले पोखरा लगेको थियो । तीन घण्टामा पोखरा पुर्याइएको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीले पनि पक्राउ पूर्जी जारी गरेपछि आइतबार म्याद थप गर्नुपर्ने भएकाेले लामिछानेलाई राती नै पोखरा लगिएको हो ।
हिजो दिउँसो लामिछानेकाे बयान चलिरहँदा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप समेत भएर केही घाइतेसमेत भएका थिए ।
आज बिहान जहाजमा पठाउने गरी टिकट बुक गरिराखेको प्रहरीले प्रदर्शन हुनसक्ने भएकोले लामिछानेलाई राति नै पोखरा पुर्याइएकाे हो ।