प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौँ, २० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण पूरा गरेर स्वदेश फर्कनुभएकाे छ ।
गत आइतबार चारदिने भ्रमणका लागि प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएकाे प्रधानमन्त्री ओली केहीबेर अघि काठमाडौं अवतरण गर्नुभएकाे हाे ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले स्वागत गर्नुभएकाे छ ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री, ली छ्याङ, चिनियाँ राष्ट्रिय जनकाँग्रेस (संसद्का) अध्यक्ष लगायतसँग भेटवार्ता गर्नुभएकाे थियाे ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले नेपाललाई ५ सय मिलियन आरएमबी (करिब नौ अर्ब) अनुदान सहयोग घोषणा गर्नुका साथै दुई देशबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्नुभएकाे छ ।