पाथीभरा योग साधना केन्द्र स्थापनासंगै नि:शुल्क याेग ध्यान शिविर सञ्चालन
भक्तपुर, २२ मङ्सिर । भक्तपुरस्थित पाथीभरा योग साधना केन्द्र स्थापनासंगै नि:शुल्क याेग ध्यान शिविर सञ्चालन भएकाे छ ।
पाथीभरा योग साधना केन्द्र स्थापना गरिएसंगै शुक्रबार एक कार्यक्रम गरी श्रीकृष्ण याेग साधना केन्द्र चाँगुनारायण दुवाकाेटकाे संयाेजकत्वमा हरेक विहान नि:शुल्क याेग ध्यान शिविर सञ्चालन हुने भएकाे हाे ।
पाथीभरा योग साधना केन्द्रले अव हरेक दिन विहान ५ बजेदेखि ६ बजेसम्म निरन्तर पाथीभरा एकेडेमी, सृजनानगरकाे सभा हलमा शुक्रबारदेखि नि:शुल्क याेग ध्यान शिविर सञ्चालन गरिएकाे पाथीभरा एकेडेमीका इन्चार्ज कल्पना ओलीले बताउनुभयाे ।
याेग ध्यान शिविरकाे प्रमुख अतिथि श्रीकृष्ण याेग साधना केन्द्र चाँगुनारायण दुवाकाेटका योग गुरु, किरण मल्ल, मोश गुरु कल्पना मल्ल ठकुरी रहनुभएकाे थियाे ।
पाथीभरा एकेडेमी, सृजनानगरकाे सभा हलमा हुने नि:शुल्क याेग ध्यान शिविरमा योग गुरु, किरण मल्ल, मोश गुरु कल्पना मल्ल ठकुरीबाट याेग प्रशिक्षण हुने इन्चार्ज कल्पना ओलीले बताउनुभयाे । एकेडेमीकाे सामाजिक उतरदायित्व अन्तर्गत नि:शुल्क याेग ध्यान शिविर सञ्चालन गरिएकाेपनि उहाँले बताउनुभयाे ।
कार्यक्रममा विद्यालयका वि.व्य.स अध्यक्ष हेमन्त सिटौला, विद्यालय सञ्चालक समितिका अध्यक्ष बमबहादुर थापा, प्रिन्सिपल रमेश प्रसाद सिटौला, पाथीभरा ब्वाइज हाेस्टलका सञ्चालक अनु सिटाैला श्रीकृष्ण याेग साधना केन्द्रका पदाधिकारीहरू गंगा खरेल न्यौपाने, सीता बुढाथोकी, रिकी लामा थापा, उर्मिला पोखेल, पुजा सुवेदीलगाएत पाथीभरा एकेडेमीका अभिभावकहरूकाे बाक्लाे उपस्थिती रहेकाे थियाे ।