छविलाई बयानका लागि पोखराबाट पर्सा लगियो, रविलाई पनि लैजाने तयारी

काठमाडौं, २४ मङ्सिर । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ ।

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएपछि उनीहरुलाई पर्सा लगिएको हो ।

आज जिल्ला सरकारी वकिलको कार्यालयमा छविको बयान लिइने छ । त्यसपछि पुनः पोखरा फर्काइने छ ।

सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी छ तर समय भने निश्चित भइसककेकाे छैन ।