रवि लामिछानेलाई बयान सकेर सिमरा पुर्याइयो, पाेखरा पर्काइँदै

काठमाडाैं, २६ मङ्सिर । सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सिमरा विमानस्थलमा पुर्याइएकाे छ ।

सहकारी ठगी प्रकरणमा पर्सा जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेकाे बयान सकिएपछि कास्की पठाउनका लागि सिमरा विमानस्थलमा पुर्याइएकाे हाे ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले लामिछानेसँग बयान लिएको थियो ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौँ हुँदै कास्की पुर्याइने जानकारी दिनुभयो ।