रवि लामिछानेलाई थप पाँच दिन थुनामा राख्न अनुमति

कास्की, २७ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीकाे अनुसन्धानका लागि पाँच दिनकाे म्याद थप भएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हाे ।

लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कास्की प्रहरीको हिरासतमा छन् ।

उनलाई वयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।