लामिछानेको हिरासतकाे फोटो सार्वजनिक गर्ने निकोलसलाई कारवाही हुने
कास्की । अहिले सामाजिक सञ्जालमा कास्की प्रहरीकाे हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो निकै चर्चामा आएकाे छ । उक्त फाेटाे सामाजिक सञ्जालबाटै चर्चामा आएका निकोलस भुसालले सामाजिक सञ्जालबाटै आफैले गरेकाे हुँ भनेर सार्वजनिक पनि गरिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले एक विज्ञप्ती निकालेर हिरासतमा रहेका लामिछानेको फोटो सार्वजनिक गर्ने डाक्टर भनिने निकोलस भुसाललाई कारवाही गर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ, हिरासत कक्षमा सुतिरहेको अवस्थाको जस्तो अस्पष्ट देखिने तस्विर केही दिन अगाडि फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यवसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको अनधिकृत तस्विर प्रति यस जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नु पर्ने व्यवस्था र प्रचलित साईबर अपराध सम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारवाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मुल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछ।
रवि हिरासतमा सुतिरहेको फोटो निकोलसको फेसबुक आइडीबाट सार्वजनिक भएको थियो । निकोलसले फोटो आफूले खिचेको स्वीकार समेत गरिसकेका छन् ।