धापासीको आगलागी नियन्त्रणमा, आगलागीमा सात वटा दमकल प्रयाेग

काठमाडौं, ४ पुस । काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

काठमाडाैं, भक्तपुर र ललितपुरबाट आएकाे सात वटा दमकलकाे सहयाेगमा आगो नियन्त्रणमा आएकाे हाे ।

आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीका ८९ जना नेपाल प्रहरी, ६४ जना नेपाली सेना र ४० जना सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

प्रहरीका अनुसार साँझ ५ बजेदेखि आगलागी सुरूभएकाे थियाे भने आगलागी नियन्त्रणमा लिन साढे दुइघण्टा लागेकाे थियाे । आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको छ । क्षतिबारे विवरण संकलन भइसकेको छैन ।