रामेछापकाे भुजीस्थित नवनिर्मित प्रहरी चौकीकाे उद्घाटन

रामेछाप, ७ पुस । रामेछापकाे भुजीस्थित नवनिर्मित प्रहरी चौकीकाे उद्घाटन भएकाे छ ।

चाैकीकाे बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछाने र बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्र.ना.म.नि. कुष्ण हरि शर्माले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएकाे हाे ।

प्रहरी चौकी भुजी बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट निर्माण भएकाे हाे ।

नवनिर्मित प्रहरी चौकी भुजीकाे प्रशासनिक भवन निर्माणमा योगदान पुर्‍याउनु भएका निर्माण व्यावसायी, प्रहरी कर्मचारीहरु र जग्गादाताहरुलाई प्रमुख अतिथिबाट दोसल्ला सहित सम्मान पत्र र प्रशंसा पत्र प्रदान गरिएकाे थियाे

उक्त कार्यक्रममा बागमती प्रदेश सभा, उद्योग पर्यटन तथा वातावरण सभाका सभापति, तथा बागमती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठ,उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार, प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल,उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष, सुरक्षा निकायका प्रमुख, जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरु, सिनियर प्रहरी अधिकृतहरु, स्थानीय जलविद्युत आयोजनाका प्रमुख तथा प्रतिनिधीहरुलगायत उपस्थिति रहेको थियो ।