सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै

कास्की, २२ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूले थुनछेक बहस गर्दैछन् ।

न्यायाधीश नितिश राईको इजलासमा आजदेखि रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूको थुनछेक बहस गर्न लागेका हुन् ।

यसअघि सोही प्रकरणमा पूर्वडीआईजी छविराज जोशी र लीला पछाईको तर्फबाट थुनछेक बहस भइसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ उनकी छोरी गण्डकीकी पूर्वसांसद मीना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन बाँकी छ ।