पृथ्वी जयन्तीमा राप्रपाको चियापान, प्रधानमन्त्री ओली सहभागी
काठमाडौँ, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी हुनुभएको छ ।
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गर्नुभएको थियो ।
त्यस्तै आजै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आम्रपाली बैंङ्केट, बालुवाटारमा आयोजित चियापान कार्यक्रममा पनि प्रधानमन्त्री ओली सहभागी हुनुभएको छ ।
प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष ओलीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गर्नुभएको थियो ।