लामिछानेको थुनछेक बहस सुरु

काठमाडौं, २९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेको थुनछेक बहस हिजाे नभ्याइएकाले आज सुरु भएको हाे।

काठमाडौं जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको रास्वपा अनुशासन आयोगका पूर्वप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *