रवि लामिछानेलाई पुन: हिरासतमै फर्काइए
काठमाडौं, २९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको थुनछेक बहस नसकिएपछि न्यायिक हिरासतमा फर्काइएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि न्यायिक हिरासतमा फर्काइएको हाे ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।उनलाई आइतबार पनि काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।
अदालतमा सोमबार जाहेरवाला र सरकारी वकिलको बहस सकिएको छ । समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने आज बहस हुन सकेन । अब पर्सी बहसलाई निरन्तरता दिइनेछ । उनीहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।