सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित थप १४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, ६ माघ । सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित थप १४ जनाबिरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।

उनीहरूबिरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ ।

सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो । यो मुद्धामा लामिछानेसहित ४२ जना प्रतिवादी छन् ।

यसअघि वैशाख ३ गते दर्ता भएको मुद्दामा प्रतिवादी बनाइएका सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध वैशाखमा मुद्दा दर्ता भएको थियो ।