उपप्रमुख सुनिता डंगाेलद्वारा वडा अध्यक्षकप ब्याडमिन्टन प्रतियाेगिताकाे उद्घाटन

काठमाडाैं, ७ माघ । काठमाडाैं महानगरपालिकाका उपप्रमुख सुनिता डंगाेलले वडा अध्यक्षकप ब्याडमिन्टन प्रतियाेगिताकाे उद्घाटन गर्नुभएकाे छ ।

काठमाडाैं महानगरपालिका ३० नं वडामा आयाेजित वडा अध्यक्षकप ब्याडमिन्टन प्रतियाेगिता आजदेखि सुरूभएकाे हाे ।

सामुदायिक जेष्ठ नागरिक महावीर डिल्लीबजारकाे प्राविधिक सहयाेगमा ब्याडमिन्टन प्रतियाेगिता भएकाे हाे भने प्रतियाेगिताकाे आयाेजना काठमाडाैं महानगरपालिकाका ३० नं वडाले गरेकाे हाे ।

प्रतियाेगिता आजदेखि १० गतेसम्म चल्नेछ ।