सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त, बागचन्दसहित चार जनाले पाए जिम्मेवारी

काठमाडौँ, २७ कात्तिक । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा चार जना नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसमा शुक्रबार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चारै जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको जानकारी दिएको हो ।

न्याय परिषद्को सिफारिसपछि राष्ट्रपतिबाट नियुक्ति भएसँगै सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *