संसद्को हिउँदे अधिवेशन माघ १८ मा बोलाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, ७ माघ । संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।
संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।