चिसो बढेपछि नेपालगञ्जका विद्यालयमा तीन दिन बिदा

काठमाडाैं, ९ माघ । चिसो बढेपछि बाँकेकाे नेपालगञ्जमा रहेका सामुदायिक र संस्थागत विद्यालय तीन दिन बन्द गर्ने भएकाे छ ।
सामुदायिक र संस्थागत विद्यालयहरूले आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ ।
शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उहाँले स्पष्ट गर्नुभयो । अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रुपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए ।