बालयौन दुर्व्यवहारको आरोपमा मदन राई दोषी ठहर

काठमाडौं, १३ माघ । बालयौन दुर्व्यवहारको आरोपमा मदन राई दोषी ठहर भएका छन् । जिल्ला अदालत खोटाङले बालयौन दुर्व्यवहारको आरोपमा मदन राईलाई दोषी ठहर गरेको हाे ।

राई आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि थियाे । साेही अनुसार प्रहरीले अनुसन्धान गरेर राई विरुद्ध मुद्दा चलाएको थियो ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको हो ।

राईकाे सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।