किसानकाे तरकारी किसानकै बजारकाे अवधारणा ल्याउँदै ईमाडाेल तरकारी तथा फलफूल बजार

ललितपुर , १६ माघ । ईमाडाेल तरकारी तथा फलफूल बजारले किसानकाे तरकारी किसानलेनै बेच्ने व्यवस्था मिलाएकाे छ।

एक वर्ष अगाडि सञ्चालनमा आएकाे तरकारी बजारमा किसानलेनै उत्पादन गरेकाे अर्गानिक तरकारी किसानलेनै बजारकाे स्टलबाट बेच्ने व्यवस्था मिलाएकाे हाे ।

तरकारी बजारले स्वदेशी राेजगार कार्यक्रम अन्तर्गत किसानबाट अर्गानिक तरकारी खरिदगरी बजारकाे स्टलबाट बेच्ने व्यवस्था मिलाइएकाे छ भने किसान आफैले स्टलबाट बेच्नपनि सक्नेछ ।

बजारबाट हाल किसानकाे अर्गानिक तरकारी, जुम्लाका अर्गानिक गेडागुडी, किचेनमा प्रयाेगहुने सामग्री, युरिया मल प्रयाेग नगरिएका आलु विभिन्न प्रकारका फलफूललगाएतका सामग्री बेच्दै आइरहेकाे छ ।

ईमाडाेल तरकारी बजारका सञ्चालक पदमराज भट्टका अनुसार दैनिक दुई सयदेखि तीन सय ग्राहक बजारमा आवतजावत भइरहेकाे बताउनुभयाे उहाँका अनुसार अन्य तरकारी बजार भन्दा ईमाडाेल तरकारी बजारमा सस्ताे र अर्गानिक तरकारी पाइने भएकाेले ग्राहकहरूकाे राेजाइमा परेकाे बताउनुभयाे ।

स्थानीय तरकारी व्यवसायी राजाराम खत्रीका अनुसार स्थानीयले अर्गानिक तरकारी पाइने भएकाेले पनि यस बजार रूचाइदिएकाे बताउनुभयाे ।

अर्का फलफूल व्यवसायी सुरेश बुढाथाेकीले बजारमा सहज पार्किङ र स्टल व्यवस्थापनले व्यवसायी र खरिदकर्तालाई सहज भएकाे बताउनुभयाे ।

थाेक व्यवसायी विश्वनाथ तिमल्सिनाले ईमाडाेल एरीयामा छरिएर रहेका गाडा व्यवसायीलाई स्थानीय जनप्रतिनिधिले एकिकृत गरी बजारमा नै व्यवस्थापन गर्नुपर्ने बताउनुभयाे । उहाँले यसरी विना दर्ता व्यवसाय गरिरहेकालाई दर्ताकाे दायरामा ल्याएर व्यवसाय गराउँदा स्थानीय सरकारलाई फाइदा पुग्ने बताउनुहुन्छ ।

फागुन २०८० देखि सञ्चालनमा आएकाे ईमाडाेल तरकारी तथा फलफूल बजारमा १४ वटा सटर तथा त्रियानब्बे वटा स्टल रहेकाे छ भने यस वर्षदखि स्टलकाे संख्या बढेर ११० वटा पुग्ने सञ्चालक भट्ट बताउनुहुन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *