माघ २५ गतेदेखि सामाजिक कथा बाेकेकाे चलचित्र ‘जुना’

काठमाडौं, १६ माघ । आगामी माघ २५ गतेदेखि सामाजिक कथा बाेकेकाे चलचित्र ‘जुना’ रिलिज हुने भएकाे छ ।
सामाजिक कथा बाेकेकाे चलचित्र “जुना”काे टिजर यसअघि नै सार्वजनिक भइसकेकाे छ भने चलचित्रकाे गीत ‘आमाको मुहार’ पनि सार्वजनिक भइसकेकाे छ ।
चलचित्र टिम प्राेमाेशनका लागि दाैडाहामा छन् । गीत भने गत बिहीबार सार्वजनिक गरिएकाे हाे ।
बाल विवाहको पीडा देखाइएको फिल्म जुनाकाे गीतको भिडिओमा बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावलाई देखाइएको छ।
फिल्म जुनामा फिल्मकी मुख्य पात्र अस्मिता ढकालकाे जीवनीलाई देखाइएकाे छ । अस्मितासँगै कलाकारमा कृष्णप्रसाद धिताल, देशभक्त खनाललगायतकाे भूमिका जीवन्त देख्न सकिन्छ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन्।
जीवन सेञ्चुरी निर्देशित फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा, खगेन्द्र न्यौपानेलगायत कलाकारको अभिनय छ। फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ।