रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

काठमाडौं, २३ माघ । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि उनी आज अदालतमा उपस्थित भएका हुन् ।

लामिछाने हिजो नै चिवतन पुगेका थिए भने बिहान १० नबज्दै अदालतमा उपस्थित भएका थिए ।

रवि लामिछानेसहित १५ जना र ६ वटा संस्थाविरुद्ध ठगी तथा सांगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।