प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं, २५ माघ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएकाे छ ।
बैठकमा ‘विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेश हुनेछ । यस्तै, विधायन विधेयक पारित गर्ने कार्यसूची छ ।
बैठकमा अन्तर्राष्ट्रिय श्रम मापदण्डको संयन्त्रहरू सम्बन्धी प्रतिवेदन पेश गर्ने पनि सम्भावित कार्यसूची छ ।