रिडी–बल्कोट सडक एक महिना बन्द
गुल्मी, माघ २५ । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी–बल्कोट सडक आजदेखि एक महिनाका लागि बन्द भएको छ ।
रुरुक्षेत्र गाउँपालिका–१ साँखराभिर क्षेत्रमा चट्टान फोरेर सडक चौडा बनाउने काम सुरु भएपछि यातायात सञ्चालन बन्द गरिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले जनाएको छ ।
आगामी फागुन २० गतेसम्म सडक बन्द रहनेछ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जोखिम हुनसक्ने भएकाले केही समय वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् ।
सडक बन्द भएपछि कार्यालयले सातमुरेदेखि–श्रृङ्गा बलेटक्सारहुँदै रिडी, सातमुरदेखि–सिजिको बाटोहुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि–ठाडो खोलाहुँदै रिडी सडकलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न आग्रह गरेको छ ।
