नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बस सेतीदोभान पुलमा दुर्घटना, २३ जना घाइते
चितवन, माघ २७ । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन् ।
लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटना भएकाे हाे ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएका हुन् । घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य यात्रुहरू सकुशल छन् ।
प्रहरी निरीक्षक भण्डारीले टायर पञ्चर भएर बस अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने जानकारी दिनुभयो ।