विद्यालयबाट फर्किंदै गरेकी धनगढीकी १४ वर्षीया किशोरी बलात्कृत

धनगढी, २७ माघ । बाजुुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ ।

धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ बलात्कार भएको प्रहरीले जनाएकाे हाे ।

प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।

किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।

किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरणी गर्ने युवकको खोजी भइरहेको प्रहरीले जनाएकाे छ । पीडित कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।