प्रेस चौतारी रासस शाखामा अभिनव

काठमाडाैं, २८ माघ । प्रेस चौतारी नेपाल, रासस शाखाको पाँचौं अधिवेशनले कुमार अभिनवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अभिनव सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्।

समितिको उपाध्यक्षमा कुम्भराज राई, सचिवमा कमला पौडेल, सहसचिवमा सीता अर्याल र कोषाध्यक्षमा मुनादेवी भण्डारी चयन भएका छन्। सदस्यहरूमा सुमित्रा अधिकारी, सीता भट्टराई, ओमप्रकाश बोहरा र सुष्मा बस्नेत रहेका छन्।

यस शाखाले मधु शाही र शरद् शर्मालाई केन्द्रीय प्रतिनिधि तथा अभिलाषा पोखरेल, तिलक भुसाल र शर्मिला पाठकलाई प्रदेश प्रतिनिधिको रूपमा चयन गरेको छ।

अधिवेशनको उद्घाटन गर्दै प्रेस चौतारी केन्द्रका उपाध्यक्ष राजेश राईले प्रेस स्वतन्त्रताको संरक्षण र सम्बर्द्धनमा संगठन निरन्तर लागिरहने बताए। उनले रासस शाखाले श्रमजीवी पत्रकारको हितमा काम गर्नुपर्नेमा जोड दिए।

प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेशका इञ्चार्ज मोहन बास्तोला र रासस शाखाका पूर्वअध्यक्ष प्रकाश सिलवालले श्रमजीवी पत्रकारको हकहितका लागि निरन्तर काम भइरहेको बताए। रासस प्रतिष्ठान शाखाको स्थापना २०६७ साल चैत ३ गते भएको थियो।