प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, ४ फागुन । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने भएको छ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनुहुने कार्यक्रम छ ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सदस्यहरूले सोधेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यक्रम रहेको छ।

आजको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसैगरी, वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *