ताप्लेजुङकाे पाथीभरामा हिमपातसंगै बढ्यो चिसो
ताप्लेजुङ, ४ फागुन । ताप्लेजुङकाे प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा गए राति सामान्य वर्षासँगै हिमपात भएको छ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार यसअघि पुस र माघमा पनि हिमपात भएको थियो।
तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा हिमपातले चिसो बढाएको छ।
हिमपातका कारण आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ। यद्यपि, यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा गहुँ, जौ, आलुलगायतका हिउँदे बालीनाली भने फस्टाउन सकेका छैनन्।