एपिक नेपाल म्युजिक अवार्डको घोषणा, चैत २ मा वितरण हुने

भक्तपुर, ४ फागुन । पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड चैत २ गते मध्यपुरथिमि नगरपालिकास्थित दुई पोखरीमा आयोजना हुने भएको छ।

एपिक नेपाल म्युजिक प्रालिले मध्यपुरथिमिमा पत्रकार सम्मेलन गरी अवार्ड वितरणबारे जानकारी दिएको हो। निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यस वर्ष ३२ विधामा अवार्ड वितरण गरिने बताए।

वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ। सदावहार नायकको अवार्ड भुवन केसीलाई, रियल हिरोको अवार्ड पल शाहलाई, पत्रकार सम्मान ऋषि धमलालाई र युवा पत्रकार सम्मान ऋषि थपलियालाई प्रदान गरिनेछ।

अवार्डमा लोकगीत, आधुनिक गीत, चलचित्र, टेलिचलचित्र लगायतका विधा समेटिएका छन्।
पाँच जनाको निर्णायक मण्डलले प्रत्येक विधामा उत्कृष्ट एकको छनोट गर्नेछ। कलाकार मिथिला शर्माको नेतृत्वमा निर्णायक मण्डल गठन गरिएको छ।

एपिक नेपाल म्युजिक अवार्ड अब दुई वर्षमा एकपटक आयोजना गरिनेछ। छैटौँ संस्करण २०८३ मा हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *