कमलपोखरीकाे शान्दार मःम पसलमा भएको ग्यास विस्फोट: मृतकको संख्या ४ पुग्यो

काठमाडौं, ४ फागुन । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

काभ्रे बेथानचोकका २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।

योसँगै ग्यास विस्फोटमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। यसअघि उदयपुरका २२ वर्षीय प्रदीप तामाङको शुक्रबार मृत्यु भएको थियो।

विस्फोटमा १४ जना घाइते भएका थिए, जसमध्ये ११ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

मकवानपुरका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीम बहादुर घले मगरको यसअघि नै मृत्यु भइसकेको छ। अन्य घाइतेहरुको उपचार जारी छ।