बनेपाको एक होटलमा महिला मृत फेला, हत्याको आशंका

काभ्रेपलाञ्चोक, १६ फागुन । काभ्रेपलाञ्चोकको बनेपा बजारमा एक महिला मृत भेटिएकी छन् ।

बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा एक जना महिला मृत फेला परेकी हुन् ।

बिहीबार साँझ ५:३० बजेको समयमा उक्त होटलमा महिला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट मृत महिला रामेछाप घर भइ बनेपा-६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ हुन् । उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन ।

घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ ।