सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति पुग्याे हेर्नुहाेस ?
काठमाडौँ, १६ फागुन । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले घटेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६८ हजार १०० कायम भएको छ। यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला रु एक हजार ९१५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।