प्रधानमन्त्री ओलीसँग लिजेन्ड गोलरक्षक बुफनको भेट

काठमाडौं, १९ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली र इटालीको राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बुफनबिच सोमबार भेट भएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटरमा विश्वकै सर्वकालनी महान् गोलरक्षकमध्ये एक मानिएको बुफनलाई भेट्नुभएको हो ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका लागि प्रमुख अतिथि बन्न बुफोन नेपाल आउनुभएको हो । सो भेटघाट कार्यक्रममा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकविक्रम नेम्वाङ, राष्ट्रिय युवा संघका नेपालका अध्यक्ष क्षितिज थेबे, बुफोनका परिवारका सदस्यलगायत सहभागी थिए ।