यस्तो छ आजको मौसम, केही स्थानमा आंशिक बदली

काठमाडौँ, २१ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिक बदली देखिएको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ। देशका अन्य भागमा भने मौसम सफा रहने पूर्वानुमान गरिएको छ। राति कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाले बिहीबार बिहान तराईका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना औंल्याएको छ। हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा समेत आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *