यस्तो छ प्रतिनिधिसभा बैठकको आजको कार्यसूची

काठमाडौं, २७ फागुन । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुनेछ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालत गठन सम्बन्धी सूचना सदनमा पेश गर्नेछन्।

त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभाबाट आएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव राख्नेछन् र सो संशोधनमाथि छलफल हुनेछ। मन्त्री ठकुरीले नै ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकमा पेश गर्ने कार्यसूची रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *