२५औँ आईफा अवार्ड्स सम्पन्न, ‘लापता लेडीज’ उत्कृष्ट फिल्म घोषित

एजेन्सी, २७ फागुन । अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी (आईफा) अवार्ड्सको २५औँ संस्करण मार्च ८ र ९, २०२५ मा जयपुरमा सम्पन्न भएको छ।

जयपुर प्रदर्शनी तथा सम्मेलन केन्द्रमा आयोजित भव्य समारोहमा किरण राव निर्देशित फिल्म ‘लापता लेडीज’ ले सर्वाधिक १० वटा अवार्ड जित्न सफल भयो।

विजेताहरूको पूर्ण सूची यस्ताे छ :

उत्कृष्ट फिल्म: लापता लेडीज, उत्कृष्ट निर्देशक: किरण राव (लापता लेडीज), उत्कृष्ट अभिनेता (मुख्य भूमिका): कार्तिक आर्यन (भूल भुलैया ३), उत्कृष्ट अभिनेत्री (मुख्य भूमिका): नितांशी गोयल (लापता लेडीज), उत्कृष्ट नकारात्मक भूमिका: राघव जुयाल (किल), उत्कृष्ट सहायक अभिनेत्री: जानकी बोडीवाला (शैतान), उत्कृष्ट सहायक अभिनेता: रवि किशन (लापता लेडीज), उत्कृष्ट कथा (मूल): बिप्लब गोस्वामी (लापता लेडीज), उत्कृष्ट पटकथा: स्नेहा देसाई (लापता लेडीज), उत्कृष्ट संवाद: अर्जुन धवन, आदित्य धर, आदित्य सुहास जाम्भाले, मोनल ठाकर (आर्टिकल ३७०) रहेकाे छ ।

त्यस्तै उत्कृष्ट सम्पादन: जबीन मर्चेन्ट (लापता लेडीज), उत्कृष्ट छायांकन: रफी महमूद (किल), उत्कृष्ट संगीत निर्देशक: राम सम्पत (लापता लेडीज), उत्कृष्ट गीत: प्रशान्त पाण्डे (‘ओ सजनी रे’ – लापता लेडीज), उत्कृष्ट गायक (पुरुष): जुबिन नौटियाल (‘दुआ’ – आर्टिकल ३७०), उत्कृष्ट गायिका (महिला): श्रेया घोषाल (‘अमी जे तोमार ३.०’ – भूल भुलैया ३), उत्कृष्ट ध्वनि डिजाइन: सुबाष साहू, बोलोय कुमार डोलोई, राहुल करपे (किल), उत्कृष्ट नव-निर्देशक: कुणाल खेमू (मडगाँव एक्सप्रेस), उत्कृष्ट नव-अभिनेता (पुरुष): लक्ष्य लालवानी (किल), उत्कृष्ट नव-अभिनेत्री (महिला): प्रतिभा रांता (लापता लेडीज) रहेकाे छ ।

समारोहमा शाहरुख खान, शाहिद कपूर, माधुरी दीक्षित, कटरीना कैफ, र करिना कपूर खानजस्ता बलिउडका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो।

यस वर्षको आईफा अवार्ड्सले महिला केन्द्रित कथाहरूलाई विशेष सम्मान गरेको छ, जसले बलिउडमा नयाँ प्रवृत्तिको सङ्केत गरेको छ। ‘लापता लेडीज’ जस्तो फिल्मको सफलताले भविष्यमा