पूर्वाञ्चल विश्वविद्यालयको १३औं दीक्षान्त समारोह सम्पन्न

विराटनगर, २७ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको विशेष उपस्थितिमा आज पूर्वाञ्चल विश्वविद्यालयको १३औं दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त दीक्षान्त समारोहमा विभिन्न संकायका गरी कुल आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन्।

दीक्षित हुने विद्यार्थीहरुमध्ये कला संकायका २०४ जना, कानुन संकायका ४०७ जना, शिक्षाशास्त्र संकायका ९०६ जना, व्यवस्थापन संकायका दुई हजार २४९ जना, चिकित्साशास्त्र संकायका दुई हजार १९८ जना, विज्ञान तथा प्रविधि संकायका ६५४ जना, साथै इन्जिनियरिङ संकायका एक हजार ४४२ जना रहेका छन्।

दीक्षान्त समारोहको कार्यक्रम सम्पन्न गरेपश्चात् प्रधानमन्त्री ओलीले कोशी प्रदेश सभामा सम्बोधन गरिरहनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *