प्रतिनिधि सभा बैठक आज बस्दै, यी विषयमाथि छलफल हुने

काठमाडौं, २८ फागुन । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बुधबार) बिहान ११ बजे बस्दैछ। बैठकमा विभिन्न विधेयकहरुमाथि छलफल हुने कार्यसूची रहेको छ।

बैठकमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेले दर्ता गराएको विरोधको सूचनालाई निर्णयार्थ पेश गरिनेछ। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विधेयक प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रभु साह, प्रकाश ज्वाला र प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेश गरिनेछ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैगरी, निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा (तामाङ) र माधव सापकोटाले दर्ता गराएको विरोधको सूचनालाई निर्णयार्थ पेश गरिनेछ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ प्रस्तुत गर्नुहुनेछ ।

आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु प्रभु साह, शेरबहादुर कुँवर, प्रेम सुवाल र रणेन्द्र बरालीले दर्ता गरेको विरोधको सूचनाहरुलाई निर्णयार्थ पेश गरिने कार्यसूची रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *