आर्मीको दोस्रो जित

काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बुधबार सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले सजिलै हराएको छ । आर्मीको दुई जितसहित चार अङ्कमा पुगेको छ । सुदूरपश्चिमको तीन खेलबाट दुई अंक मात्र छ ।
सिद्धर्थनगर क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ११८ रन सहजको लक्ष्य आर्मीले २३.५ ओभरमा दुई विकेटको क्षतिमा १९ रन बनार पूरा गर्यो

टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम ४५.३ ओभरमा ११७ रनमा अलआउट भएको थियो ।
लक्ष्य पछ्याउने क्रममा आर्मीका प्रारम्भिक ब्याटसम्यान सन्तोष कार्कीले ६३ बलमा दस चौकासहित अविजित ५५ रन बनाए । उनको यो लगातार दोस्रो अर्धशतक हो । यसैगरी तृतराज दासले ३१ र कप्तान विनोद भण्डारीले अविजित २० रन बनाए । सुदूरपश्चिमका लागि शेर मल्ल र मिलन बोहराले एक–एक विकेट लिए ।

यसअघि सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले १२१ बलमा दुई चौकाको मद्दतले अविजित ४९ रनको योगदान दिएका थिए । आर्मीका लागि शहाब आलमले चार, सोमपाल कामीले दुई तथा आकाश चन्द, नरेन साउद, बसिर अहमद र कुशल मल्लले एक–एक विकेट लिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *