आर्सनलले चेल्सीलाई हरायो
लन्डन, ४ चैत । ङगलिस प्रिमियर आर्सनलले चेल्सीलाई १–० ले हराको छ । यस जितसँगै आर्सनलले लिभरपुलसँगको अङ्क दुरी १२ मा झार्यो । खेलको २० औँ मिनेटमा मार्टिन ओडगार्डको पासमा मेरिनोले गरेको हेड गोलले आर्सनलले जित हात पार्यो । चेल्सी हारपछि पनि चौथो स्थानमा छ ।
यसैगरी म्यान्चेस्टर युनाइटेडले लेस्टरलाई ३–० ले पराजित गर्यो । म्यान्चेस्टर युनाइटेडका होउलान्ड, गारान्चो र बु्रनो फर्नान्डेजले गोल गरे । म्यान्चेस्टर युनाइटेड १३ औँ स्थानमा उक्लेको छ ।अर्को खेलमा फुल्हमले टोटनहाम हस्परसलाई २–० ले पराजित गर्यो । फुल्हमका रोड्रिगो मुनिज र रायन सेसेगनले गोल गरे । फुल्हम आठौँ स्थानमा छ । टोटेनहाम अङक तालिकामा १४ औँ स्थानमा रहेको छ । टोटनहामले पछिल्ला पाँच खेलमा मात्र एक जित हात पारेको छ । एपी