हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं, ७ चैत । जल तथा मौसम विज्ञान विभागले आज देशका केही ठाउँमा हिमपात हुने सम्भावना रहेको जानकारी दिएको छ।

विभागका अनुसार कोशी प्रदेशका हिमाली क्षेत्रमा थोरै बादल लाग्ने र एक-दुई ठाउँमा हल्का हिमपात हुन सक्छ। पहाडी क्षेत्रमा पनि थोरै बादल लाग्ने र एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ। तराईमा भने मौसम सफा रहनेछ।

मधेस प्रदेशको तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। बागमती प्रदेशको हिमाली भेगमा थोरै बादल लाग्ने र तराईमा मौसम सफा रहनेछ।

गण्डकी प्रदेशका हिमाली क्षेत्रमा थोरै बादलसहित एक-दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा थोरै बादल लाग्ने र मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्छ।
लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा थोरै बादल लाग्ने र पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने सम्भावना छ।

तराईमा भने मौसम सफा रहनेछ। कर्णाली प्रदेशका हिमाली भेगमा थोरै बादलसहित एक-दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा थोरै बादल लाग्ने र मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्छ।

सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा थोरै बादल लाग्ने सम्भावना छ भने तराईमा मौसम सफा रहनेछ।