कोभेन्ट्री आइओसीकी अध्यक्ष

कोस्टा नाभारिनो (ग्रीस), चैत ८ गते । जिम्बाब्वेकी कस्र्ट कोभेन्ट्री विश्वको सर्वोच्च खेलकुद संस्था अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी)को अध्यक्ष बन्नुभएको छ ।

दुई पटक ओलम्पिकमा स्वर्ण पदक जितेकी कोभेन्ट्री विश्व खेलकुदमा सबभन्दा ठूलो जिम्मेवारी लिने पहिलो महिला र पहिलो अफ्रिकी हुन् । उनी आइओसीकी दशौँ अध्यक्ष हुन् । कोभेन्ट्रीले सात उम्मेदवार रहेको पहिलो चरणमै अप्रत्यासितरुपमा बहुमत मत प्राप्त गरिन् । उनले ९७ मध्ये ४९ मत प्राप्त गरिन् । आइओसी अध्यक्षका प्रबल दावेदार हुँवा एन्टोनियो समाराञ्चले २८ मत प्राप्त गरे ।

४१ वर्षीया कोभेन्ट्री अब कमसेकम आठ वर्ष आइओसीको सर्वोच्च पदमा रहनेछन् । कोभेन्ट्रीको जतसँगै ७१ वर्षीय बाख १२ वर्षपछि आइओसीको अध्यक्ष रहेपछि बहिर्गमन हुने भएको छ । एपी