तीनकुने घटनामा धवल र रवीन्द्रसहित ११ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडाैं, १७ चैत्र । तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रसहित ११ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
राजावादीहरुको प्रदर्शनबाट भएको घटनालगायतका विषयबारे अनुसन्धानका लागि पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद थप गर्दै अनुसन्धान गर्न अनुमति दिएको हाे ।
उनीहरुलाई शुक्रबारको प्रदर्शनका क्रममा भएका घटनाहरुमा उक्साएको तथा संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धानका लागि शुक्रबार राति नै पक्राउ गरेको थियो ।