रामेछाप प्रहरीद्वारा भिड नियन्त्रण घुम्ती प्रशिक्षण तालिम सम्पन्न

काठमाडाैं, २२ चैत्र । जिल्ला प्रहरी कार्यालय रामेछापले “भिड नियन्त्रण विशेष अनुशिक्षण तालिम” सम्पन्न गरेकाे छ ।

कार्यालयले यही चैत्र १७ गते आइतबारदेखि सञ्चालन गरेकाे घुम्ती प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घुम्ती प्रशिक्षण अन्तर्गत प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मलाई “भिड नियन्त्रण विशेष अनुशिक्षण तालिम” दिइएकाे थियाे ।

कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले प्रशिक्षण सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाइ प्रमाण-पत्र वितरणका साथै निर्देशन सम्बोधन गर्नुभएकाे थियाे ।