सरकारले एकैपटक गर्यो प्रमुख प्रशासकीय अधिकृतसहित ३२ सहसचिवकाे सरुवा
काठमाडौं, ४ मङ्सिर । सरकारले सहसचिव, प्रदेश सचिव तथा प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा सरकारी निकायमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
त्यस्तै, केही कर्मचारीलाई प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न स्थानीय तहमा खटाइएको छ।
सरकारले गरेको सरुवाकाे सूची यस्ताे छ ।



